Skip to main content

Posts

Showing posts with the label नयाँ फ्लू भाइरस

चीनमा नयाँ फ्लू भाइरस फेला पर्‍यो, विश्वव्यापी महामारी बन्न सक्ने ।।

चीनमा नयाँ फ्लू भाइरस फेला पर्‍यो, विश्वव्यापी महामारी बन्न सक्ने ।।  वैज्ञानिकहरूको अनुसार विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको छ। उक्त भाईरस सुँगुरमा भेटिएको हो र मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने पाइएको छ,  वैज्ञानिकहरू भने । उक्त भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन्। तत्कालका लागि उक्त भाइरस समस्या नभए पनि त्यस्ले मानिसलाई सङ्क्रमण गर्न सक्ने छ। उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न सक्ने आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्छ। उक्त नयाँ भाइरसको बिरुद्ध मानिसहरूको प्रतिरोध क्षमता न्यून वा शून्य छ। प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपायहरू राम्ररी कार्यान्वयन हुनुपर्ने उल्लेख गरेका छन्। यो भाइरस कस्तो छ? सन् २००९ मा फैलिएको स्वाइन फ्लूसँग यो नयाँ भाइरस मिल्दोजुल्दो छ। तर यसमा केही भि...