नेपालमा सलह किराले प्रवेश गर्यो । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् । Nepal confirms locust attack!
Nepal confirms locust attack in some southern districts. The Ministry of Agriculture and Livestock Development has confirmed the entry of swarms of locusts that attack various crops in some southern districts of the country. (Read the following article in Nepali!) नेपालमा सलह किराले प्रवेश गर्यो । भारतसँग सीमा जोडिएका तीन जिल्लामा सलह प्रवेश गरेका हुन् । बारा, पर्सा र सर्लाहीमा शनिबार बिहान सहलको झण्ड भारतबाट प्रवेश गरेको कृषि मन्त्रालय अन्तर्गतको सम्बन्धित निकायका प्रमुख सहदेव हुमागाईँले जानकारी दिए। शनिबार बिहान ७ देखि ८ बजेको बीचमा नेपाल छिरेका सलहहरु अहिले रुख तथा जमिनमा बसेको जानकारी आएको छ । बाराको डुमरवानासहितका दुई स्थान, पर्साको पर्सागढी तथा सर्लाहीको नलवपुर क्षेत्रमा सहलको झुण्ड भारतबाट प्रवेश गरेको जानकारी आएको छ। नेपाल प्रवेश गरेको सलह कस्तो खालको सलह हो र संख्या कति छ भन्ने थाहा पाउनका विज्ञहरुले अध्ययन गर्नुपर्ने रहेको छ । मरुभूमि सलह हो वा अरु प्रकारको सहल हो भन्ने यकिन नभएको र यसबारे अध्ययन गरेपछि मात...