असार १५ - धान दिवस र दहि चिउरा खाने दिन ! आज असार पन्ध्र ; हामी नेपालीहरुले मनाउदै गरेको दिन । आजको दिन नेपाल जस्तो कृषिप्रधान देशको लागि अत्यन्तै महत्वपूर्ण छ । खेतालाहरु घरको सिरान को गरा बाट रोपाई सुरु गर्दै छन् भने घर साहू बेठी ( एक प्रकारको दमाई बाजा ) बोलाउने तरखर गर्दै छन् । हलीले हिलोमा खुट्टा चोबल्दै " ल है साहिलो दाईको खेतमा अन्न धेरै उब्जियोस ; ह ह माले ह ह !" भन्दै बकैनोको भाटो ले कालेलाई हिर्काएको आवाजले हिलो खेल्न आएका भूरा नै तर्सिने , कान्छी दिदीले " मेलो सक्नु पर्छ है , साहूनी नि आउनु पर्यो अब " भन्दै जिस्काईदिने , अरु बेला हिलो बाट घिनाउने सहरबाट आएकी मामाकी छोरी नि हिलोसंग खेल्ने , जस्ता कुराहरुले यो दीन लाई असामान्य बनाउछ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरु आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्थ हुन्छन् । खेतालाहरुले काम सकेर थकाईमार्ने बेला मा साहू साहूनी दहि चिउरा लिएर जाने गर्दछन् र गीत गाउदै आली मा बसेर भोकलाई भ...
wanem guide is a website where you can find many guides of many things and interesting guides