Skip to main content

Posts

Showing posts with the label What is a Country?

What is a Country? देश भनेकाे के हाे?

Yesterday, on January 13, Nepal's Coat of Arms was updated to add Kalapani and Limpiyadhura as in the new Political map. In this context, we today discuss on what actually 'a country is for it's citizen.' देश भनेकाे के हाे? What is a Country? जनताका लागि देश के हो ? जनताका लागि देश संविधान, कानुन, नागरिकता, सिमाना र झन्डा मात्र हो ? होइन । जनताका लागि देश राजधानी, त्यसबीच ठडिएको दरबार र त्यसको गजुर हो ? होइन । जनताका लागि देश भनेको सरकार हो ? होइन । जनताका लागि देश निर्वाचन क्षेत्र मात्र हो ? हुँदै होइन । त्यसो भए जनताका लागि के हो त देश ? जनताका लागिदेश चार सिमानाभित्रको माटो मात्र होइन । योसँगै जोडिने भावना, प्रेम, ऊर्जा र सपनाहरूको बगैंचा हो । जनताका लागि देश आशा हो । जनताका लागि देश खेतमा झरेको पसिनाको बियाड हो । आन्दोलनहरूमा सडकमा पोखिएको रगत हो । आफ्ना सपनाहरूको कविता हो । जस्तो, एउटा शिशुका लागि आमाको काख । जस्तो, भर्खर हिँड्दै गरेको एउटा बालकका लागि पिताजीको हात । एउटा यात्रीका लागि देश बाटो हो, जसमाथि ऊ आफ्ना पैतालाका डोबहरू छोड्छ र गन्तव्यतिर बढ्छ । देश भनेको ...