Skip to main content

म, यस् संसारमा । कविता

दुखी मनले संसार हेर्छु, दुखी सब संसार देख्छु,

अलपत्र यस संसारमा, मजस्ता अलपत्र कैयौँ देख्छु।

कहिले केही गरु सोच्छु, फेरि बेउत्साहित बनिदिन्छु,

तैपनि म लागि पर्छु, चोटहरु त कति सहन्छु।।


चोटहरूको पहाडमा, चोटका हिमालहरू कैयौँ देख्छु,

नझुक्ने म झुक्न खोज्छु, फेरि कर्तव्य सम्झी उठ्छु।

यस् पापी संसारमा , सुख पुज्ने कयौं देख्छु,

आडम्बर को भरमा परि गल्ति गर्ने कायौ देख्छु।।


सपना बोकी अघि बढ्छ, अध्ययन गर्न लागि पर्छु,

फेरी पनि किन हो किन, पूर्व गल्ती सम्झी हाल्छु।

आँखाले देख्ने संसारलाई, मनले हेर्दा फरक बुझ्छु,

सम्झी-सम्झी महादेवलाई, हे प्रभु, सफलता त अवस्य चुम्छु ।।


Poem By: Darpan Kattel


Comments

Post a Comment